एनआरएनप्रति सरकार र नेपाली जनताको अपेक्षा छः लामिछाने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन । गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन्।

एनआरएनए युकेले लण्डनस्थित ब्लु आर्किड रेष्टुरेण्टमा विहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भूकम्पबाट क्षतिग्रस्त मुलुकको पुननिर्माण गर्न सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।

भूकम्प गएपछि गैरआवासीय नेपाली संघले आव्हान गरेको तत्काल राहत संकलनमा संसारभरका गैरआवासीय नेपालीहरुको उत्साह जनक साथ, समर्थन र सहयोग पाएको लामिछानेले बताए। उनले बर्तमान कार्यसमिति र विशेष गरी अध्यक्ष शेष घलेको काम अत्यन्तै सह्रानीय रहेको औंल्याए।

पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आइपुगेका लामिछानेले नेपाल सरकार र नेपाली जनताको अपेक्षा पनि गैरआवासीय नेपालीहरुप्रति रहेको दोहोर्याउंदै अहिले मुलुकका लागि केही गरेर देखाउने बेला भएको उल्लेख गरे।

कार्यक्रममा देशान्तर साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार कवीर राणाले संविधानको मस्यौदामा एनआरएनले उठाएको माग पूर्णरपमा नसमेटिइएको जिकिर गरे। उनले विश्वका अधिकांश मुलुकको संविधानमा व्यवस्था भए अनुरुप नेपालले पनि गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकारविहिन नागरिकता दिएको हुन सक्ने औंल्याए। प्रतिस्पर्धाको जमानामा आफ्नो लगानी सुरक्षित गर्न पनि राजनीतिक अधिकार सहितको नागरिकता आवश्यक रहेको बताउंदै उनले अझैपनि सरकारलाई दबाब दिन सुझाए।

एनआरएनए युकेका अध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षकहरु महन्त बहादुर श्रेष्ठ, मे.रि. डमर घले, सुर्य गुरुङ र कुल आचार्य सहभागी थिए।

कार्यक्रममा उपाध्यक्ष सुर्य नेम्वाङले धन्यवाद दिएभने आइसीसीका सल्लाहकार समेत रहेका नेपाली कांग्रेसका युवा नेता विश्व आदर्श पण्डितले धन्यवाद ज्ञापन गरेका थिए।

एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीद्धारा सञ्चालित उक्त कार्यक्रममा आइसीसी सदस्यहरु पशुपति भण्डारी, विजन भट्ट, सुरेन्द्र श्रेष्ठ, थर्क सेन, उपाध्यक्षहरु कृष्ण तिमिल्सिना, सुर्य नेम्वाङ र शान्ति थापा कुंबर, सचिव डांसुराम पाण्डे, सदस्य फडिन्द्र भट्टाई, सल्लाहकारहरु सुवाससिंह गुरुङ, चित्र बहादुर गुरुङ, सोलिसिटर राजु थापा, विविसी नेपाली सेवाका लण्डन प्रमुख सुमन खरेललगायत सहभागी थिए।

कार्यक्रममा अध्यक्ष कंडेलले प्रमुख अतिथि लामिछाने, विशेष अतिथि राणालगायत नेपाली जनसम्पर्क समिति जर्मनका अध्यक्ष शरण केसी, लामिछाने पत्नी विनिता लामिछानेलगायतलाई खादा लगाई सम्मान गरेका थिए।

विगत केहि समयदेखि समस्या झेल्दै आएको एनआरएनए युकेको यस कार्यक्रममा निवर्तमान अध्यक्ष योगेन बहादुर क्षेत्री, महासचिव योग कुमार फगामी र सचिव संगिता मरहठ्ठालगायत भने सहभागी भएनन्। नजिकै आउंदै गरेको चुनावी सरगर्मीलाई मध्यनजर गर्दै एनआरएन भेटेरानहरु भने सहभागी थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7302