Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हेमा मालिनी कार दुर्घटनामा, बालिकाको मृत्यु

बलिउड अभिनेत्री हेमा मालिनी कार दुर्घटनामा परेकी छिन्। बुधबार राति राजस्थान जाँदै गर्दा दौसा भन्ने स्थानमा उनी चढेको मर्सिडिज कार विपरित दिशाबाट आएको अल्टो कार कारसँग जुधेको हो।


दुर्घटनामा घाइते हेमा मालिनीलाई अस्पताल लगिँदै । तस्बिर: एजेन्सी

दुर्घटना लगत्तै एक डाक्टर घटनास्थल पुगेर हेमा मालिनीलाई आफ्नी गाडीमा राखी फोर्टिस अस्पताल पुर्याएका थिए। घाइते उनलाई तत्कालै जयपुर स्थित फोर्टिस हस्पिटल पुर्याइएको थियो।

दुर्घटनामा एक चार वर्षे बालिकाको मृत्यु भएको भारतीय मिडियाहरुलाई उदृत गर्दै नागरिक दैनिकले जनाएको छ। ४ जना घाइते छन्। यी मध्ये गम्भीर अवस्था भएका २ जनालाई जयपुरको सरकारी अस्पताल भर्ना गरिएको छ।

भारतीय जनता पार्टीकी सांसद समेत रहेकी हेमा मालिनीले नाक तथा शरीरका अन्य भागमा चोट लागेको छ। उनको स्थिति खतरामुक्त छ।


दुर्घटनामा परेको हेमा मालिनी सवार कार





Comments

comments

Leave a Reply

7300