बेलायती गोर्खाको नेपाली नागरिकता निरन्तरताको लागि गृहमन्त्री श्रेष्ठसंग भेटवार्ता

होम किरात सुनुवार –

ब्रिटिश गोरखा तथा तिनका परिवारको बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति बेलायत/नेपाल (BGNCCC UK/Nepal) ले बेलायत र नेपालमा समयानुकूल अभियान सशक्त रुपमा अगाडी बढाई रहेको छ।

अभियान निरन्तरताको क्रममा सम्बन्धित मन्त्रालय र जिम्मेवार ब्यक्तिहरू समक्ष यस्ता धेरै कार्यक्रमहरू गर्दै आएको छ।

यसैक्रममा सोमबार, मई १५ सन २०२३ का दिन BGNCCC-UK संयोजक सुनबहादुर तामाङ, BGNCCC-Nepal संयोजक ज्ञानबहादुर राई, सह-संयोजक फूर्बा शेर्पा, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष डा. जितबहादुर घले, तथा माओवादी केन्द्रीय युवा नेता रोहित गुरूङ सम्मिलित एक प्रतिनिधि मण्डलले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग महत्वपूर्ण भेटवार्ता गरेको छ।

भेटवार्तामा ब्रिटिश गोरखाहरूको बंशजको नेपाली नागरिकताले निरन्तरताको सुनिश्चितताका लागि हाल नागरिकता ऐन संशोधनको प्रक्रियामा रहेको बिधेयकमा गैरआवासीय नागरिकता प्राप्ति दफा ७ “क”अन्तर्गतका कुनै पनि शर्तहरू गोरखाहरूको हकमा लागू हुने छैन” अर्थात ” ब्रिटिश गोरखा तथा गोरखाका सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता प्राप्त गरेता पनि उनका बंशजको नेपाली नागरिकता यथास्थिति मै निरन्तर कायम रहनेछ ” भन्ने धारा उल्लेख हुनु पर्ने, र यहि संशोधित ऐनको आधारमा पछि संबिधान संशोधन हुनपर्ने मागबारे गहन छलफल भएको थियो।

उपरोक्त मागहरूको बिषयमा संविधान संशोधनबारे गृहमन्त्री मञ्जुर रहेको, तर ऐन संशोधन बिधेयकबारे भने संसद (Parliament) बाट २ पटक पारित भएर राष्ट्रपतिको टेबलमा पुगिसकेको कारण त्यसमा नयां बिषय थप गर्न सम्भव नहुने कुरा गृहमन्त्री श्रेष्ठले बताउनु भएको जानकारी, BGNCCC-UK/Nepal का प्रतिनिधि मण्डलले जानकारी गराएको छ।

प्रतिपक्ष दलहरुले माग गरे अनुसार उक्त बिधेयक पुनः संसदमा ल्याएर परिमार्जन गरेर मात्र अघि बढाउने परिस्थिती बने ब्रिटिश गोरखाका नेपाली नागरिकता निरन्तरताको उल्लेखित धारा यहि नागरिकता ऐन संशोधन बिधेयक मै अनिवार्य समावेश हुन पर्ने सम्पूर्ण गोरखा हरुका तर्फबाट BGNCCC -UK/Nepal को जोडदार माग रहेको छ।

(Hom kirat Sunuwar , Secretary BGNCCC -UK)





Comments

comments

73789