Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले बसलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ। रासस





Comments

comments

75069