Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा याक्थुम्बाहरु (लिम्बु)ले सिसेक्पा तङ्नाम-२०१५ धान नाँच्दै मनाए!

क्यालिफोर्निया, अमेरिका। उत्तरी क्यालिफोर्नियाको अलामेदा स्थित वासिङ्टन पार्कमा लिम्बु जातिले परापूर्बकालदेखि मनाउदै आएको उनीहरुको मौलिक राष्ट्रिय चाड “सिसेक्पा तङ्नाम-२०१५” फ़ेदाङ्मा पुष्पा सम्बाहाम्फेद्वारा विधिवतरुपमा पूजाआजा गराई भव्यरुपमा सम्पन्न गरेका छन्।

कार्यक्रममा बिशेष अथितिको रुपमा नेपालबाट आउनु भएकी मंगेना चुम्लुङ्को अध्यक्षतामा श्रीमती भीष्मा चेम्जंगले आफ्नो अतिथि मन्तब्य राख्ने क्रममा सिसेक्पा तङ्नामको धार्मिक बिशेषता, संस्कृतिक गरिमा र आजको समयमा यस्तो महत्वको बारेमा प्रकाश पार्दै बिदेशमा आयोजना भएको यस्तो कार्यक्रममा भाग लिन पाँउदा अत्यन्तै खुसि लागेको बताउदै बताउनुभयो। बिदेशी भूमिमा यस्ता खाले कार्यक्रम गर्नाले हाम्रो मौलिक संस्कृतिले बिस्तारै विश्वमा स्थान पाँउदै जाने ठूलो सम्भावना रहेको बताउनु भयो।

कार्यक्रममा न्यान्सका अध्यक्ष तेज राई, जनजाति महासंघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रेशम तामाङ तथा तमु समाजका अध्यक्ष राज कुमार गुरुङले पनि छोटो मन्तब्य तथा सिसेक्पा तङ्नामको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना दिनुभएको थियो।


कार्यक्रममामा पूर्ब माननीय सुरेन्द्र फोम्बो, पर्यटन दूत अनिल पाण्डे, जनसम्पर्कका नेता किलन राई, व्यवसायीहरु एल. बि. नेम्बांग, जीबन सुब्बा तथा समाजसेबीहरु मनिराज लिम्बु, आइतराज लिबांग, आङ् छिरिंग शेर्पा, अमरदिप राई, मान राई, शान्ति सुब्बा, मायाकुमारी लिम्बु, शान्ता नेम्बाङ्, तारा लिबांग, शिला लिम्बु, जी. एस. राई, कृष्णा पुन, अतित सुब्बा, चन्द्र बेघा, टंक पोम्बो, केबिन नेम्बाङ्, सहविर वेघालगायत नेपाली तथा भुटानी समुदायको बाक्लो उपस्थिति रहेको थियो।

यो मौलिक संस्कृतिक जमघटको कार्यक्रम संयोजक ज्वाला सम्बाहाम्फे, संचालन सरु साँबा र सभापतित्व आयोजक संस्था किराँत याक्थुम चुम्लुङ् क्यालिफोर्नियाको अध्यक्ष रोशन सुब्बाले गर्नु भएको थियो। कार्यक्रमको मुख्य आकर्षणको रुपमा धान नांच रहेको र त्यहाँ पुरानो पुस्ताले धान नांच सिकाउने र नयाँ पुस्ताले सिक्ने र दुवै पुस्तासंगै नाच्ने रोचक दृश्य समेत देख्ने अवसर मिलेको थियो।

अन्त्यमा अध्यक्षले कार्यक्रम सफल पार्न अहोरात्र खटिने कार्यसमितिका साथीहरु, प्रचार प्रसारमा सहयोग गर्ने मिडिया हाउसहरु, स्पोन्सर गर्ने मार्केट स्पोट र एभरेस्ट मार्केटलगायत कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रमको गरिमा बढाई दिनुहुने, सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिदै यस बर्षको कार्यक्रम विधिवत रुपमा सकिएको घोषणा गर्दै अर्को बर्षमा गरिने “सिसेक्पा तङ्नाम-२०१६ को कार्यक्रम संयोजकको रुपमा श्रीमती गोमा लिम्बुलाई सर्बसम्मतरुपले चुनिएको जानकारी समेत गराउनु भएको थियो।





Comments

comments

Leave a Reply

7528