चुम्लुङ आशफोर्ड शाखाको साधारणसभा सम्पन्न

सोदिप थोप्रा / एचकेनेपाल डट कम
आशफोर्ड युके, किरात याक्थुङ चुम्लुङ युके आशफोर्ड शाखाका अध्यक्ष पूर्ण मादेनको अध्यक्षता र चुम्लुङ युकेका अध्यक्ष काजिमान यक्सोको प्रमुख आतिथ्यमा स्थानीय चर्च हलमा आइतवार शाखाको छैठौं साधारणसभा भब्यताकोसाथ सम्पन्न भएको छ।

आशफोर्डवासी लिम्बूहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको प्रारम्भमा शाखाका बर्तमान सल्लाहकार स्वर्गीय होम बहादुर वनेमको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। समाजका थुप्रै स्थानीय विशिष्ट ब्यतित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शाखा कमिटीमा प्रवेश गरेका नव सचिब दिवस थोप्रा र सहसचिब विजय सम्बाहाम्फेलाई शाखाका अध्यक्ष पूर्ण मादेनले खदा ओढाई स्वागत गरेका थिए।

सचिब दिवस थोप्रले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष काजी साम्युले स्वागत मन्तब्य दिएका थिए भने अर्का उपाध्यक्ष सोदिप थोप्राले शाखाको कार्यक्रम एबं गतिविधिहरुमा सकृय भईदिन सदस्यहरुलाई अनुरोध गर्दै सदस्यता नवीकरण एबं नया दर्ता ,मराउ पराउमा चन्दा सहयोग , चुम्लुङ हिम चन्दा संकलन लगायतका बिषयमा प्रष्ट पारेका थिए।

सभामा सचिब दिवस थोप्राले शाखाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टंक येङ्गदेनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पेश गरिएका दुवै प्रतिवेदनहरुलाई हलमा उपस्थित महानुभावहरुले ताली बजाएर पास गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि यक्सोले आशफोर्ड शाखाको सकृय भूमिकाको प्रशंसा गर्दै युके चुम्लुङकै भरोसाको बिन्दु भएको यो शाखा भविष्यमा अझ सक्रिय भएको देख्न चाहेको मन्तब्य दिएका थिए।

अन्त्यमा शाखाका अध्यक्ष मादेनले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा उपस्थित सबैलाई धन्यवाद दिए पश्चात औपचारिक कार्यक्रमको अन्त्य भएको थियो।

औपचारिक कार्यक्रमको अन्त्य पश्चात चुम्लुङका महत्वपूर्ण बिषयहरुमा छलफल गर्न केहि समय छुट्याइएको थियो। कार्यक्रममा उपस्थित अधिकांशले बर्तमानमा युके चुम्लुङ्को १ नम्बर कार्य योजनामा पर्ने चुम्लुङ हिम सम्बन्धि जिज्ञासाहरु राखेका थिए। चुम्लुङ युकेको बैधानिक दर्ताको बिषयमा पनि सभामा छलफल भएको थियो।





Comments

comments

Leave a Reply

7526