Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हिन्दू धार्मिक मेलामा २२ जनाको मृत्यु

भारत, दक्षिणी भारतमा एक हिन्दु धार्मिक मेलामा मङ्गलबार भएको भागदौडमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।


फोटो:एजेन्सी

आन्ध्र प्रदेश राज्यको राजाहमुन्द्री भन्ने स्थानमा रहेको गोदावरी नदीमा गङ्गास्नान गर्ने पुष्कर मेलामा भएको भागदौडमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका थिए।

सो मेला भर्नका लागि भेला भएका दशौँ हजार व्यक्तिहरुबीच भागदौड चल्दा सो घटना भएको बताइएको छ। सो भागदौडको कारण हालसम्म प्रष्ट भने भएको छैन।

तर प्रहरीका अनुसार भने नदीको तटीय क्षेत्रमा परेका आ–आफ्नो जुत्ता लिन खोज्दा सो भागदौड मच्चिएको थियो। गोदावरी नदीमा स्नान गर्नाले पापबाट मुक्त होइन्छ भन्ने धार्मिक कथनका कारण सो नदीमा त्यस प्रकार हजारौँको सङ्ख्यामा भक्तहरुको भेला भएको बताइएको छ।

सन् २०१३ को अक्टोबर महिनामा मध्य भारतीय राज्य मध्य प्रदेशमा भएको एक भागदौडमा ११० व्यक्तिको मृत्यु भएको थियो। सो भागदौडको क्रममा ज्यान गुमाउनेहरुमा प्रायः महिला र बालबालिका रहेका थिए। रासस/एपी





Comments

comments

Leave a Reply

7543