दयाहाङ र मिरूनाको ‘नाङ्गो गाउँ’, हङकङ र बेलायतमा पनि प्रर्दशन हुने

एचकेनेपाल डट कम –

हङकङ, मध्य पुर्व एशिया, अमेरिका, क्यानडापछि चलचित्र ‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको राइट्स पनि बिक्री भएको छ।

कबड्डी ४ र जारी फिल्ममा सफल जोडी बनेका अभिनेता दयाहाङ राई र मिरूना मगर फिल्म ‘नांगो गाउँ’मा एकसाथ देखिदैछन । छायाङ्कन सकेर पोष्ट प्रोडक्सन नसकिदै एकपछि अर्को देशहरूको प्रर्दशन राइट्स बिक्रि भईरहेको छ। हङकङ र बेलायतको राइट्स एस अफ स्पाडेस इण्टरटेण्टमेण्ट कम्पनीले किनेको हो । कम्पनीका तर्फबाट सन्तोष विक र फिल्म ‘नांगो गाउँ’का तर्फबाट निर्माता मध्येका हिमाल शर्माले सम्झौतामा हस्ताक्षर गरेकाछन। हङकङमा ‘जारी’ फिल्म प्रर्दशन गर्ने समुह र बेलायतमा भाष्कर राई सहितको समुहले बिभिन्न स्थानमा प्रर्दशन गर्ने भएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। फिल्मको रिलिज भदौ २९ गते विश्वव्यापी रूपमा हुनेछ । नेपालमा प्रर्दशन हुन अगावै हङकङमा प्रमुख कलाकारहरूको उपस्थितीमा प्रिमियर गरिने जानकारी आयोजकले दिएको छ ।

फिल्म ‘कबड्डी ४’ र ‘जारी’ पछि दर्शकहरूमा दयाहाङ र मिरूनाको क्रेज बढेका कारण अरू फिल्मको तुलनामा ‘नाङ्गो गाउँ’को राइट्स महङ्गोमा बिक्रि भईरहेको छ। यो उनीहरूले सॅगै काम गरेको तेश्रो फिल्म हो। यसअघि दुबै फिल्म हङकङ र बेलायतका दर्शकले औधि रूचाएका थिए । ‘जारी’ फिल्मको विशेष शोहरू अझैपनि हङकङ र बेलायतमा हुनेक्रम जारी नै छ।

निर्देशक दिपेन्द्र लामाको निर्देशनको ‘दुई नम्बरी’को सफलतापछि पाँचौं चलचित्रका हो ‘नांगो गाउँ’। लामाको लेखन तथा निर्देशन रहेको यो फिल्मको छायांकन सकिएको छ । फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा, निर्माता जय श्रेष्ठ र वितरक आरआर फिल्म्स् रहेका छन् । मनिष्मा फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको यस पोलिटिकल चलचित्रमा मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिएको छ । निर्देशक लामाका अनुसार फिल्ममा दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउनेछन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

75472