Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियन कविको पुस्तक विमोचन

मञ्जु गुरुङ / एचकेनेपाल डट कम –
काठमाडौं, कोरियन कवि किह ह्यङ ह्योको कविता संग्रह आकाशे समुन्द्रको गीतको शुक्रबार काठमाडौमा विमोचन गरिएको छ।

अनामनगरस्थित तमू बौद्ध सेवा समितिको हलमा नेपाल कोरिया कला केन्द्रद्धारा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरे र विशेष अतिथि बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले संयुक्तरुपा सो पुस्तकको लोकार्पण गरेका हुन्।

समारोहमा राष्ट्रकवि घिमिरेले कवि किमले नेपाल र कोरियाको साहित्य, कला क्षेत्रमा पुलको काम गरेको भन्दै प्रशंसा गरे। त्यस्तै समिक्षक महेश पौडेलले नेपाली कविता जगतमा एक नौलोपन र आफैमा प्रश्न उब्जाउने खालको कविता रहेकोले पुस्तक पठनीय रहेको चर्चा गरे। कार्यक्रममा बरिष्ठ संगीतकार प्रदिप बम्जनले कवि र कृतिको चर्चा गर्दै संगीतिक प्रस्तुती पनि पस्केका थिए।

त्यस्तै स्वयं कवि र कोरियन विद्यार्थी छे सुन लकले पनि कोरियन गीत प्रस्तुत गरेका थिए भने प्रभा भट्टराईले भानु भक्तको छन्दमय कविता बाचन गरेकी थिइन्।

कोरियन कविको नेपाली भाषामा अनुवादित पहिलो कविता संग्रहमा कविताहरुलाई सगरमाथा, मरुभूमिको माया, प्रेमको सम्झना र आकाशको गीत गरी चार भागमा समेटेका छन्।

५२ वटा कविता संकलित यस संग्रहमा नेपाल र नेपालीप्रति सम्झना तथा प्रकृति र जीवन दर्शनका कविताहरु बढी रहेका छन्। विशेष सिर्जनशील प्रकाशन प्रालिद्धारा प्रकाशित यस पुस्तकलाई साहित्यकार रामबाबु सुवेदीले सम्पादन र मोहन कार्कीले नेपाली भाषामा उल्था गरेका हुन्।





Comments

comments

Leave a Reply

7575