Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुई टुक्रा भएको हात एक महिनापछि जोडियो

चीन, गोडामा जोडेर एक महिना बढीसम्म जीवितै राखिएको हत्केलालाई पुनः हातमै जोड्न चिनियाँ चिकित्सक टोली सफल भएको छ। दुर्घटनामा छिनेको हत्केलालाई पुनः पहिलेकै ठाउँमा जोड्न चिकित्सकको टोली शुक्रबार सफल भएको समाचारमा जनाइएको छ।

‘मध्यचीनको हुनान प्रान्तका आला झोउले नयाँ जीवन पाएका छन्’, साङ्या अस्पतालका माइक्रो सर्जरीका विभाग प्रमुखले भने , ‘तर उनले अझै आराम गनुपर्ने छ।’

सिङ्टोन शहरस्थित दुर्घटनामा परेका झोउको दाहिने हातको हत्केला छिनेको थियो। झोउले भनेका छन्, ‘दुर्घटनाले मेरो दिमाख खाली बनाएको थियो, त्यो बेला हात छिनेको मात्र मलाई याद छ।’

छिनेको हातमा गम्भीर असर पुग्नुका साथै नसामा समस्या देखिएपछि हात जोड्न चिकित्सक टोलीले एक महिना महिना बढीको समय पर्खनु परेको समाचार अन्नपूर्णपोष्टमा छ। करिब १० घण्टा लामो सर्जरीपछि पहिलेकै अवस्थामा हात जोड्न चिकित्सकको टोली सफल भएको हो।

तर यो सर्जरी भने पहिलो होइन। सन् २०१३ मा नै सोही चिकित्सकको टोलीले छिनेको हत्केलालाई गोडामा राखेर पुनः हात जोड्न सफल भइसकेको छ।





Comments

comments

Leave a Reply

7573