स्मरणशक्ति कसरी बढाउने? पढ्नुहोस् केही टिप्स

उमेरसँगै स्मरणशक्ति घट्दै जानु त स्वाभाविक हो, तर उमेरमै पनि स्मरणशक्ति क्षीण हुँदै जाँदा तनाव नै हुन्छ। धेरैलाई स्मरणशक्ति पनि हाम्रो दैनिक जीवन व्यवहारमा जोडिएको हुन्छ भन्ने थाहा नहुन सक्छ। त्यसले जीवन व्यवहारमा केही कुरामा ध्यान दिए स्मरणशक्तिलाई चुस्त राख्न सकिन्छ। केही टिप्स:

बिहान हिँडडुल गर्नाले स्मरणशक्ति चुस्त हुन्छ।

शारीरिक व्यायाम शरीर र दिमाग दुवैका लागि उपयोगी हुन्छ।

समयमै सुत्ने र उठ्ने जीवनशैली उपयोगी हुन्छ।

मानसिक तनाव लिनुहुँदैन।

मनोरञ्जनलाई पनि जीवनशैलीको अंग बनाउनुपर्छ।

एकोहोरो काम गरिरहनुहुँदैन।

धूम्रपान तथा मद्यपान गर्नुहुँदैन।

एकैपटक धेरै खाना खानुहुँदैन।

राति अबेरसम्म पढ्ने बानी राम्रो होइन, बिहान पढ्नु उपयुक्त हुन्छ।

जंक फुडको सेवन स्वास्थ्यकै लागि पनि हानिकारक छ।

हरियो सागपात जतिसक्दो बढी खाने गर्नुपर्छ। त्यस्तै, ताजा फलफूलले पनि फाइदा गर्छ।

दूध र दहीजस्ता पदार्थले स्मरणशक्ति बढाउन मद्दत गर्छन्।

(नयाँ पत्रिकाबाट)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7568