नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ८ को मृत्यु, १० जना घाइते

नवलपरासी दुम्किवास-५, घ्यूखोलामा बस दुर्घट्नामा हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन्।

घाइतेहरुको चितवन र स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी३२डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिए। (रासस)





Comments

comments

Leave a Reply

7562