आज साउने संक्रान्ति, लुतो किन फालिन्छ ?

एचकेनेपाल डट कम संवाददाता-
आज नेपालभर साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ। सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति पनि भनिएको हो।

कृषिप्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले आज हिलोमैलो पखाली आफ्ना इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलन छ।

असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ। आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।

लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिंदैन।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7560