Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुडिरहेको कारमै बच्चा जन्मिएपछि (भिडियो)

एजेन्सी: नेपालमा बस या अस्पतालको गेटमा तथा चौरमै बच्चा जन्माएको खबर हामीले सुन्दै आएका छौं। यस्ता घटना आवश्यक सुविधा र चिकित्सकको अभाव र पहुँच नहुँदा हुने गरेको छ।

तर, यस्तै एउटा अनौठो घटना अमेरिकी शहर शहर ह्यस्टनमा भएको छ। अस्पताल जाने क्रममा ढिलाइ हुँदा एक महिलाले गुडिरहेको कारमै बच्चालाई जन्म दिएकी हु्न्। अन्नपूर्णपोष्टमा समाचार छ।

बच्चा जन्मिरहेको दृश्य सोही कार चलाइरहेका उनका पतिले खिच्न भ्याएपछि यसले संसारभर चर्चा पाएको छ। भिडियो खिचेर ती पतिले यु ट्युबमा हालेपछि त्यसले चर्चा पाएको छ।

यो घटनामा ती पतिले ‘हामी ४५ मिनेटदेखि कार हाँकिरहेका छौं’ भन्दै पत्नीले बच्चा जन्माउँदै गरेको भिडियो यु ट्युबमा अपलोड गरेका थिए।

बिनाकुनै सहयोग कारमा जन्मेको शिशु पूर्णरुपमा स्वास्थ छ। समाचार अनुसार यो दम्पतिले यसअघि पनि दुर्इवटा सन्तान जन्माइसकेका छन्।

हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

7581