Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमायो

काठमाडौं, नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ। आगामी वर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनौट हुन नसकेपछि नेपालले सो मान्यता गुमाएको हो।

आयरल्याण्ड र स्कटल्याण्डमा जारी आइसिसि विश्व ट्वान्टी ट्वान्टी छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि पराजित हुँदै नेपाल छनोटबाट बाहिरिएको थियो। जसका कारण नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको समाचार नागरिक दैनिकमा छ।

छनोटको समूह ‘ए’ अन्तर्गत नेपालले ६ मध्ये चार खेलमा पराजय व्यहोरेको थियो। नेपालले एक खेल जितेको थियो भने एक खेलमा अंक बाँडेको थियो। नेपाल हाल आइसिसिको वरियाताक्रममा १५ औं स्थानमा छ।





Comments

comments

Leave a Reply

7421