Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लुम्बिनीको फडेलको रुखबाट पानीको वर्षा ! (भिडियोसहित)

लुम्बिनी, लुम्बिनीस्थित मनाङ मन्दिरको छेउ नजिक रहेको एक रुखबाट लगातार रुपमा पानी झरिरहेको छ। स्थानीय भाषामा फडेल भनिने उक्त रुखबाट विगत आठ दिनदेखि निरन्तर रुपमा पानी वर्षा झैँ झरिरहेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।


फोटो: फाइल तस्‍बिर

निरन्तर पानी झरेको देखेपछि स्थानीय जनता छक्क परेका छन् । उक्त रुखबाट झरेको पानीले रुखको वरिपरिको भाग पूर्णरुपमा भिजेर पानी जमेको छ।

लुम्बिनी विकास कोषले भने आज बिहानमात्रै यो घटना थाहा पाएको थियो। पानी झरेको थाहा पाएलगत्तै कोषका सदस्य सचिव अजितमान तामाङ, वनस्पति शाखा प्रमुख सब्बीर अहमद खानसहित कोषमा कार्यरत कर्मचारीलगायत अन्य थुप्रै स्थानीयवासी अवलोकनका लागि पुगेका थिए।

कोषका सदस्य सचिव तामाङले कोष अधीनमा रहेको क्षेत्रमा अहिलेसम्म यसरी कुनै पनि रुखबाट पानी नझरेको बताए। कोषले उक्त रुखबाट पानी झरेको तथ्यबारे अध्ययन गर्ने पनि उनले जानकारी दिए।कोषका वनस्पति शाखा प्रमुख खानले फडेल प्रजातिको रुखको हाँगाबाट कहिलेकाहीँ सामान्य रुपमा पानी रसाउने गर्छ भन्ने सुने पनि आफूले भने पहिलो पटक देखेको उल्लेख गरे।

रुखबाट पानी झरेको हेर्न रुपन्देहीलगायतका स्थानबाट सयौँ मानिस लुम्बिनी पुगेका छन्। उक्त रुख कोषले जग्गा अधिग्रहण गर्नु पूर्वको रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। (रासस)

हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

7586