Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सक्कली र नक्कली दुवै खोरमा

काठमाडौं- लागुऔषध मुद्धामा १० वर्ष कैद सुनाइएका कैदी रावणजीत तामाङसँग जरिवानाको आफ्नो कैद साट्ने राजकुमार तामाङ पनि कैदी भगाउन सघाएको अभियोगमा जेल परेका छन्।

भीमफेदी कारागारमा रहेका राजकुमारलाई सिन्धुपाल्चोक कारागारले जिल्ला लगेर छानबिन गरिरहेको छ भने आफ्नो सजाय कटाउन नक्कली रावणजीत खडा गर्ने सक्कली रावणजीत काठमाडौंको केन्द्रीय कारागार पुगेका छन्।

जिल्ला कारागार सिन्धुपाल्चोकका जेलर ओम सुवेदीका अनुसार कारागार व्यवस्था विभागको आदेशमा भिमफेदीमा रहेका राजकुमारलाई जिल्लामा ल्याएर अनुसन्धान भइरहेको छ।

‘आफू रावणजीत बनेर उसलाई भाग्न सघाएको अभियोगमा राजकुमारमाथि अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘रावणजीत अहिले केन्द्रीय कारागारमा राखिएको छ।’

१० वर्ष कैद सजाय पाएका रावणजीतले जरिवाना तिर्न नसकेर कारागार पुगेका राजकुमारलाई आफ्नो नाममा कारागारमा राखेको घटना सार्वजनिक भएपछि कारागार व्यवस्था विभागले समिति गठन गरी अनुसन्धान गरिरहेको समाचार नागरिक दैनिकमा छ। एक साता अवधि तोकिएको समितिले प्रतिवेदन बुझाइनसकेको विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिए।

‘घटना सार्वजनिक भएपछि विभागका निर्देशकको नेतृत्वमा छानबिन समिति गठन गरेका थियौं,’ दवाडीले भने, ‘घटनास्थल पुगेर समितिले अवलोकन गरिसके पनि प्रतिवेदन बुझाएको छैन।’

लागुऔषधसहित काठमाडौंमा पक्राउ परेका काभ्रे नारायणस्थान–९ का रावणजीतलाई काठमाडौं जिल्ला अदालतले २०६९ माघ १२ मा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार जरिवाना फैसला सुनाएको थियो भने राजकुमार चोरी अभियोगमा ७५ हजार धरौटी बुझाउन नसक्दा जेल पुगेका थिए।


भिडियो हेर्नुहोस्





Comments

comments

Leave a Reply

7326