Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गौरमा गोली चल्यो, माधव नेपालको गाडीमा तोडफोड (भिडियोसहित)

गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ।

मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्।

माधव नेपाललाई भने नगरपालिको सभा हलमै प्रहरी घेरामा राखिएको छ। बन्द कोठामा कार्यक्रम गरेको र आफूहरुलाई सहभागी नगराएको भन्दै नेपाल सद्‍भावना पार्टीलगायतका नेताहरु विरोधमा उत्रिएका हुन्। अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार
नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्‍भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेको समाचार नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। सभा हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

7597