Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्थमन्त्री महत चढेको गाडीमा पनि पेट्रोल बम प्रहार

गौरमा एमाले नेता माधवकुमार नेपालमाथि कुर्सी प्रहार र गाडीमा तोडफोड भइरहेको बेला अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भएको छ।

संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार जाँदै गरेका महतमाथि बम प्रहार भएको हो। नुवाकोटको गणेस्थान गाविसको छेदीखोलामा उनको गाडीलाई लक्षित गरि आक्रमण भएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ। बमले अर्थमन्त्रीको गाडीमा कुनै असर नगरेको नुवाकोट प्रहरीले जनाएको छ। नुवाकोट क्षेत्र नं २ का सभासद महत खरानीटारमा सुझाव संकलनका लागि जाँदै थिए।





Comments

comments

Leave a Reply

7608