एनआरएन हङकङको अध्यक्षमा ललित आङ्बुहाङ विजयी

हङकङ, एचकेनेपाल डट कम –
गैरआवासीय नेपाली संघ हङकङको आइतवार सम्पन्न चुनावमा अध्यक्षका प्रत्याशी ललित आङ्बुहाङ विजयी भएका छन्। उनी ६३१ मत प्राप्त गरी विजयी भएका हुन्। त्यसै गरी आङ्बुहाङका निकटम प्रतिद्धन्द्वी राधिका (टीका) गुरुङले ४६५ र दिलिप गुरुङले ३६५ मत प्राप्त गरे।


एनआरएन हङकङको पाँचौं अधिवेशनबाट अध्यक्षमा विजयी भएका ललित आङ्बुहाङ। तस्वीरः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम

उपाध्यक्षमा बिजय लिम्बूले ८३० मत र प्रताप तामाङले ८०७ मत ल्याएर विजयी भएका छन्। प्रतिद्वन्द्वी कोमल गुरुङ स्याङजाली कान्छाले ७९५ मत प्राप्त गरे। महासचिव पदमा निराञ्जन गुरुङ ९६५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी बिनय शाहले ३३७ मत प्राप्त गरेका छन्।

सचिवमा सन्तोष राईले ६९० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गोकर्ण ढकालले २५९ मत प्राप्त गरे। कोषाध्यक्षमा जयन्ती गुरूङले ७४५ मत पाएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी रमेश मोक्तानले ५१४ मत प्राप्त गरे। प्रवक्तामा किसन राई विजयी भएका छन्।

विजयी १७ जना सदस्यहरुमा (प्राप्त मत संख्यासहित) कर्मा गुरुङ ८०७, किसन राई ७७४, टिका राना ७२६, निर्मल गुरुङ ६९१, कन्या गुरुङ ६८७, धरम गुरुङ ६७९, मञ्जु थापा ६७३, गणेश गुरुङ ६७२, ईन्द्र वनेम ६५४, रामजी गुरुङ ६३७, उर्मिला घले ६३७, नरहाङ राई ६२८, विजयप्रकाश लिम्बु ६२७, प्रेम लामा ६२१, रोशन लिम्बु ६०८, महेन्द्र गुरुङ ६०१ र राकेश गुरुङ ५९८ रहेका छन्।


विजयी पदाधिकारीहरु

एनआरएन हङकङको नवनिर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।
– एचकेनेपाल डट कम परिवार

नतिजाको पूर्ण विवरण अडियोमा सुन्नुहोस् (Viber Chat with Ambu Gurung)

कार्यक्रमस्थलबाट हाम्रा फोटोपत्रकार जगतअम्बु गुरुङले खिचेर पठाएका केही मोबाइल फोटो र भिडियो हेर्नुहोस्:

यसरी चलिरहेको छ एनआरएन हङकङको पाँचौं अधिवेशन। भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

Posted by HKNepal.com on Sunday, 26 July 2015

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

7673