काका भतिजीको हत्या यसरी गरिएछ

गुल्मी: गुल्मीको पिपलधारा गाविसमा दुई व्यक्तिको हत्या अभियोगमा तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पिपलधारा गाविस–८ निवासी ४४ वर्षीय नारायण मुखिया, २१ वर्षीय बासुदेव जिसी र सोही गाविस ५ निवासी ४० वर्षीय बिष्णुबहादुर मुखिया रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनीहरुले गत बिहीबार सोही गाविस–८ निवासी ३८ वर्षीय बेलवहादुर मुखिया र १८ वर्षीया सीता मुखियालाई हत्या गरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले युवाहरुसहित आइतबार घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पतिसँग अलग भएर माइत बस्दै आएकी सीतासँग सुतिरहेका बेलवहादुरलाई उनका दाजु नारायणले चिर्पटले हानी हत्या गरेका खुलेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा जनार्दन घिमिरेले लेखेका छन्।

त्यसपछि सीतालाई मुख छोपी उनकै चुन्नीले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।


टो :काका भतिजीको हत्या अभियोगमा पक्राउ परेकाहरु। तस्बिर: जनार्दन घिमिरे

दुबैको एकै ठाउँमा हत्या गरेपछि घटना लुकाउन सीतालाई खनियाँको रुखमा चुन्नीको पासो लगाई झुण्डाइएको थियो। बेलबहादुरको शव भने सोही रुखमुनि फालिएको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले घटनाका मुख्य अभियुक्त मृतक बेलबहादुरका सहोदर दाजु नारायण मुखिया रहेको हुनसक्ने जनाएको छ।

दाजुभाइबीच सम्वन्ध राम्रो नभएकाले पटक पटक झगडा हुने गरेको बताइएको छ। पक्राउ परेका तीनै अभियुक्तलाई हिरासतमा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए।


एकै ठाउंमा मृत भेटिएका काका-भतिजीबीच आखिर के भएको थियो?





Comments

comments

Leave a Reply

7694