Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीलाई खेलकुदको विश्वविद्यालय वनाउँछु –सदस्य सचिव

दिनानाथ वराल / एचकेनेपाल डट कम-
पोखरा, २३ साउन। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सहारा एकेडेमीको दिगो व्यबस्थापनको लागि सहयोग गर्ने बताएका छन्।

शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीको अवलोकन गरी एकेडेमीमा रहेका वालहरुसंग भेटघाटसमेत गरी निजि क्षेत्रबाट खेलकुदको लागि उक्त एकेडेमी स्थापना भएको प्रशंसा गर्दै दिगो रुपमा संचालनको लागि सहयोग गर्ने वचन दिएका हुन्।

क्लवका अध्यक्ष विरभद्र आचार्यले क्लवको बारेमा जानकारी गराउदै दाताबाट संकलन भएको करीब दुई करोडको लागतमा उक्त एकेडेमी संचालन गरेको जानकारी गराए। आचार्यले यसलाई दिगो रुपमा संचालन गर्न राखेपबाट सहयोगको अपेक्षा गरेको वताए। प्रतिउत्तरमा सदस्य सचिव विष्टले आफ्नो क्षेत्रबाट एकेडेमीको लागि ढिलो चाँडो सहयोग गर्ने बताएका हुन्। उनले भने “मैले सहारा क्लवले पोखरामा राम्रो गरेको छ भन्ने सुनेको थिएं तर आज प्रत्यक्ष देखे साँच्चै मलाई धेरै खुसि लागेको छ, निजि क्षेत्रबाट भएको यो प्रयायः जति प्रशंसा गरे पनि पुग्दैन, यसको दिगो रुपमा संचालनको लागि मेरो तर्फबाट के कस्तो सहयोग जुटाउन सक्छु म त्यसमा सकरात्मक छु। ”

सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकाली सहितको टोलीले सहारा एकेडेमीमा पुगेका राखेप सदस्य सचिव विष्ट सहित क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ सहितको टोलीलाई खादा तथा माला लगाई स्वागत गरेका थिए। क्लवका हाल १५ जिल्लाका २६ जना वालकहरु रहेका छन। थप ४ जना वालकहरु भूकम्पबाट प्रभावितहरुलाई एकेडेमीमा राख्ने क्लवले योजना बनाएको छ।

सदस्य सचिव विष्टले पोखरामा नेपाल तेक्वन्दो संघको साधारणसभालाई सम्वोधन गर्दै खेल विकासकालागि खेलकुद एकडेमीको निर्माण अपरिहार्य रहेको वताए। उनले गाँउ गाँउ सम्म खेलकुदलाई विकास गर्न तथा खेलाडीहरुको पहिचान गरि एकाडेमीमा राखेर थप तालिमहरु दिन सहारा एकेडेमी जस्ता एकेडेमीहरुको स्थापनामा जोड दिए। उनले भने –“सहारालाई भविष्यमा खेलकुदको विश्वविद्यालयको रुपमा विकास गर्छु ।”

तस्वीरः दिनानाथ वराल

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

7857