Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बस तिनाउ खोलामा खस्योः ४ शव निकालियो, धेरै नदीमा डुबेको आशंका

काठमाडाैं, पाल्पाको दोभानस्थित सिद्धबाबाबामा बस दुर्घटनामा परेको छ। प्रहरीका अनुसार पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस सडकबाट तिनाउ खोलामा खसेको हो। दुर्घटनामा परेकामध्ये ४ जनाको शव निकालिएको छ। दुईवटा शव दुर्घटनास्थलमा फेला परेको र दुईवटा तिनाउ नदीमा बग्दै गरेको अवस्थामा बुटवलमा फेला परेको प्रहरीले जनाएको छ।

-

बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बस खोलामा खसेका कारण ठूलै हताहत भएको अनुमान गरिएको छ। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीसहित शसस्त्र र नेपाली सेनाको टोली पुगे पनि बस खसेको ठाउँमा माथिबाट पहिरो खस्ने क्रम जारी रहेका तथा भौगोलिक विकटताका कारणले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ।

बस धनीका अनुसार २०/२५ जना यात्रु बसमा सवार थिए। मृतकहरुको सनाखत हुन सकेको छैन। अन्य यात्रुहरु पनि खोलामा डुबेको हुनसक्ने अनुमान गरिएको छ।





Comments

comments

Leave a Reply

7855