Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘बजरंगी भाइजान’ हेरेर आमिर रोएको कारण त यस्तो पो रैछ…

एजेन्सी/ सलमान खान अभिनीत ‘बजरंगी भाइजान’ हेरेर अर्का सुपरस्टार आमिर खान रोए। उनले फिल्मले आफ्नो दिल छोएको प्रतिक्रिया दिए।

फिल्मले भावुक बनाएकाले मात्र उनको आँखामा आँसु छचल्किएको भने रहेनछ। खासमा, बजरंगी भाइजानको अफर पहिला आमिरलाई गएको थियो। तेलगु स्क्रिप्ट राइटर केबी विजयेन्द्र प्रसादले यो स्क्रिप्टमा हिन्दी फिल्म बनाउने योजना बनाई आमिरलाई भेट्न मुम्बई पुगेका रहेछन्।

आमिरले स्क्रिप्टमा उल्लेखित भारत–पाकिस्तान सम्बन्धको विषय मन परेको भए पनि केही प्लटमा आपत्ति जनाए। उनले आफूले अभिनय गर्ने हो भने स्क्रिप्ट पूरै परिवर्तन गर्नुपर्ने सुझाब दिएछन्। तर, विजयेन्द्रले फेरबदल गर्न मानेनन्।

त्यसपछि उनीहरू ऋतिक रोशनकहाँ पुगेछन्। ऋतिकले स्क्रिप्ट मन पराए। तर, निकै चर्का पारिश्रमिक माग गरे। त्यसपछि भने कताकताबाट यो स्क्रिप्टबारे सलमान खानले चाल पाएछन्। विजयेन्द्रसँग पूरै स्क्रिप्ट सुन्नेबित्तिकै सलमानले उनलाई ५० लाख भारु साइनिङ एमाउन्ट दिएछन्। अनि बन्यो, बजरंगी भाइजान। आफूले छाडेको फिल्म सुपरहिट भयो, अनि किन नरोऊन् त आमिर? बलिउडमा अहिले यस्तै चर्चा छ। (नयाँ पत्रिका)





Comments

comments

Leave a Reply

7869