Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जब सशस्त्र र नेपाल प्रहरी नै एक आपसमा कुटाकुट गरेपछि

पर्वत, ड्युटी समयमा पर्वत सदरमुकाम कुश्माबजारमा घुमिरहेको प्रहरी टोली र सिभिल पोशाकमा रहेका सशस्त्रबीच झडप हुँदा चारजना घाइते भएका छन्। नेपालकै अग्लो कुश्माकैया झोलुंगे पुलनजिकै झडप भएको हो।


तस्बिर: छविलाल

शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल चण्डिका गणका सशस्त्रबीच विवाद भएको थियो। के विषयमा विवाद भएको भन्ने खुल्न सकेको छैन। तर, मदिरा सेवन भएकै कारण झडप भएको स्रोतले बताएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद जोशी र तारा सुनार छन्। नेपाल प्रहरीका नमबहादुर गुरुङ र डोलराज थापा पनि घाइते छन्। विवाद उत्पन्न भएपछि ड्युटीमा रहेको नेपाल प्रहरीको समूहले सशस्त्र प्रहरीलाई बन्दुकको नालले हानेको जनाइएको छ।





Comments

comments

Leave a Reply

7872