Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ग्रिनकार्डधारी सचिवले देश छाडे

अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको दिएका थिएनन्। विधेयक समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार भएको छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व गर्नैपर्ने थियो र उनले आफ्नो उपस्थिति ‘कन्फर्म’ पनि गरेका थिए।

आइतबारैको राजस्व समीक्षा बैठकमा पनि उनले ‘हुन्छु’ भनेका थिए। निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि उनको सोधीखोजी सुरु भयो। आइप्याड, ल्यापटपलगायतका जिन्सी सामान स्टोरमा बुझाएको थाहा पाएपछि मन्त्रालयमा उनी अमेरिका हिँडेको लख काटियो।

मुख्य सचिव सोमलाल सुवेदीले उनले राजीनामा गरेको पुष्टि गरिदिएपछि सहकर्मीको अनुमान सही ठहरियो। राजस्व समूहबाट सरकारी सेवा प्रवेश गरेका भण्डारीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र भन्सार विभागको महानिर्देशकको जिम्मेवारी समालिसकेका थिए।





Comments

comments

Leave a Reply

7880