प्युठान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

प्युठान, सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।

मृत्यु हुनेहरुमा प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डित छन् भने अरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

घटनास्थलमै ६ र उपचारका लागि लैजाँदै गर्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २४ जना घाइतेहरुको स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका भइरहेको छ। प्रहरीका अनुसार बस सारीवाङको घुम्तीबाट खोलामा खसेको हो।





Comments

comments

Leave a Reply

7894