Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोका–कोला ‘फेरि उठ्ने छ नेपाल’ अभियानको औपचारिक शुरुवात

एचकेनेपाल डट कम-
यो वर्ष नेपालमा अहिलेसम्मको सबैभन्द ठूलो प्रकृतिक विपत्ति आइ पर्यो। यस अकल्पनिय विपतको घडिमा नेपालीहरुले देखाएको धैर्यता र सकारात्मक उर्जाले नेपालभित्र र बाहिर रहेका सबैको मन छोएको छ।

भूकम्पलगत्तै देखिएका अदम्य सहास र सहयोगका घटनाले सारा नेपाली र विश्वलाई नै आशा र सकारात्मक उर्जाले भरि दियो। ती सम्पूर्ण पुरुष तथा महिलाहरु नै वास्तविक नायक हुन्, जसले देशका विभिन्न भागबाट आएर अनेकौं चुनौतिको सामना गर्दै सहयोगको हात बढाएर देशलाई पुनः पुरा नै अवस्थामा फर्काउन निश्वार्थ भावले मेहेनत गरे।

विश्वभरिमा एक शताब्दी भन्दाबढी देखि कोका–कोलाको नाम सधैं सकारात्मक सोच र भावनासंग जोडिंदै आएको छ। नेपाली जनताले यस्तो विषयमा परिस्थितिमा देखाएको उर्जाले कोका–कोलालाई फेरि उठ्ने छ नेपाल अभियानको थालनी गर्न प्रभावित गरेको हो।

फेरि उठ्ने छ नेपाल अभियानमार्फत कोका–कोला कम्पनीले ति सम्पूर्ण व्यक्तिहरुलाई हृदयदेखि नै सलाम गर्दछ, कम्पनी भनेकको छ। जो राष्ट्रको पुनर्निर्माणमा निश्वार्थ भावनाकासाथ लागि परेका छन्।

कोका–कोला कम्पनीले त्यही सकारात्मक उर्जालाई अझ अघि बढाउन सानो भूमिका निभाउने आशा लिएको बताएको छ। सकारात्मकता र आशाको यही संदेशलाई देशको विभिन्न कुनामा पुर्याउने उद्देश्यले कोको–काला फेरि उठ्ने छ नेपाल अभियान अन्तर्गत एउटा गीत पनि विमोचित गरिएको छ। जसलाई रञ्जीत आचार्यले लेखेका छन् भने जेम्स प्रधानले संगित दिएका छन्। उक्त गीतमा नेपाली जनताले देखाएको अटुट साहस र धैर्यताको उदाहरण दिंदै राष्ट्र पुनर्निर्माणमा अघि बढ्न सबैलाई आग्रह गरेको छ।

नेपालको साङ्गीतिक इतिहासमा सम्भवतः एकै गीतमा सबैभन्दा धेरै गायक गायिकाले आफ्नो आवाज दिएको यस गीतमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधान, निर्णय दा एनएसके, दिपक बज्राचार्यका साथै युवा गायकहरु रोहित जोन क्षेत्री, सोमिआ बराइलि, कमल खत्री, एड्रे, लगायतले पनि स्वर दिएका छन्। साथै माइती नेपालका ८ जना युवा गायक–गायिका समुहले समेत गायनमा साथ दिएका छन्।

गीतले नेपाली जनताको अदम्य साहसको उदाहरण दिंदै अहिलेको विषम परिस्थितिमा आफ्नो धैर्य नगुमाई अगाडि बढ्ने, केही गर्ने र नेपालको पुनर्निर्माणमा सहभागी बन्ने नेपालीको इच्छाशक्तिको कदर गरेको छ। कुनै एउटा साङ्गीतिक जगमा नबाँधिएर लोकदेखि पप, रक, र र्याप सबैलाई समेटेको यस गीतको म्युजिक भिडियोले पनि फेरि उठ्नेछ नेपालको यही मर्मलाई आत्मसात् गरेको छ। भिडियोलाई नेपालका चर्चित युवा निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका छन्।

नेपालका लागि कोका–कोलाका कन्ट्री मेनेजर आलोक कोहलीले भने, “आउँदा दिनहरुमा जब राष्ट्र पुनर्निर्माणनै पहिलो प्राथमिकताका रुपमा रहने छ, तब एकता, धैर्यता र सकारात्मक उर्जाको आवश्यकता पनि उत्तिकै बढेर जाने छ। यस फेरि उठ्ने छ नेपाल अभियान मार्फत कोका–कोलाले नेपाली जनताले देखाएको उर्जामा थप बल प्रदान गर्न सानो तर महत्वपूर्ण भुमिका निभाउने छ।”

बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर सलमान लतिफ राँले भने, “देशको विभिन्न समुदायहरुसंग मिलेर काम गर्ने बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले सधैं देशको अभिन्न पाटो भएर काम गर्ने जाँगर देखाएका छन्। कोकाकोला फेरि उठ्नेछ नेपालको शुरुवात संगै नेपाली जनताको साहस र उर्जामा थप बल पुग्ने र देशको हरेक कुनामा सकारात्मक उर्जा फैलिने कुरामा हामी आशाबादी रहेका छौं।”

भूकम्प पीडितलाई स्वास्थ सेवा, आवास उपलब्ध गराउने र परिवारसंग मिलाइ दिने योजना अन्तर्गत कोकाकोला फउन्डेसनले नेपाल रेडक्रस सोसाइटीसंग सहकार्य गरिरहेको अमेरिकन नेशनल रेडक्रसलाई १०,००,००० अमेरिकी डलर सहायता स्वरुप प्रदान गरेको छ।

भूकम्पलगत्तै शुद्ध खाने पानी उपलब्ध गराउने उद्देश्यले विभिन्न अस्पताल तथा अस्थायी शिविरहरुमा किन्ले बोटल वाटर पनि वितरण गरेको थियो। आउँदा दिनहरुमा नेपालस्थित कोकाकोला कम्पनीले विभिन्न समुदायसंग हातेमालो गर्दै नेपालको पुनर्विकासमा थप काम गर्ने सोच राखेको जनाएको छ।





Comments

comments

Leave a Reply

7898