Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माली होटल आक्रमणमा नेपाली पाइलटको मृत्यु

अफ्रिकी मुलुक मालीको राजधानी बामाको नजिकै मोप्ती शहरको एउटा होटलमा बन्दुकधारीहरुले गरेको आक्रमणमा परी एक नेपाली हेलिकोप्टर पाइलटको मृत्यु भएको छ।

तीन दिनअघि सो घटनामा परी अफ्रिकन एयरलाइन्सको हेलिकोप्टर उडाउँदै आएका काठमाडौंका राजु भण्डारीको मृत्यु भएको मालीस्थित राष्ट्र संघको मिसनमा काम गर्दै आएका एक नेपालीले जानकारी दिएको खबर नेपाल समाचारपत्रले छापेको छ।

राष्ट्र संघका लागि हेलिकोप्टर उडाउँदै आएका भण्डारी काम सकेर होटलमा बसी रहेको बेला बन्धुकधारीको आक्रमणमा परी निधन भएको ती नेपालीले जानकारी दिए। राष्ट्र संघका लागि कार्यरत ती पाइलटलगायत बन्दुकधारीको आक्रमणमा परी अन्य पाँच जना रुसी नागरिकको समेत मृत्यु भएको बताइएको छ।





Comments

comments

Leave a Reply

7900