Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रामजीको हत्यामा संलग्न प्रकाश गुरुङ र विश्वास गौतम प्रकाउ (भिडियो)

पोखरा – नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ।

गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ-१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ-१३ का प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

हत्यामा संलग्न अर्का रबिन केसी भने अझै फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गौतम भारतको देहरादुनमा रहेको सूचना पाएपछि भारतबाट पक्राउ गरी रुपन्देही हुँदै पोखरा ल्याइएको हो।

प्रहरीले यसअघि उक्त घटनामा संलग्न नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीले पौडेलको हत्यामा संलग्न आरोपीलाई आज पत्रकारसम्मेलनको आयोजना गरी सार्वजनिक गरिने बताएको छ। (रासस)

भिडियो हेर्नुहोस्





Comments

comments

Leave a Reply

7974