Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

परदेशमा दामसंगै नाम कमाएका गायक नन्दु राई

राम ढुंगेल / एचकेनेपाल डट कम-
दुबई, धन कमाउने सपना बोकी परदेशिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन्।

विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका छन्। बाल्यकालमै रेडियोमा बजेका गीतहरु र गाउँगाउँ गीत गाउदै हिँड्ने गाइनेहरुका गीतहरु हुबहु गाउने उनको गायक बन्ने सपना दुबईबाटै साकार हुँदै गएको छ।

संगीतप्रतिको आफ्नो लगाव र साधनाका कारण दुबईबाटै दोस्रो एल्बम सुसेली सार्वजनिक गर्ने तयारी गरिरहेका छन् राई। सुसेली मा ५ वटा गीत र एउटा म्युजिक ट्रयाकसहित नेपाली संगीतिक क्षेत्रमा कोसेली स्वरुप अर्पण गर्न लागेको उनी बताउँछन्।

सुसेलीमा उनका परदेशमा आइयो.., सुरती साकेला…, पिउन बाँकी छ…, ओठैमा लाऊ लाली…जस्ता विभिन्न विधाका गीतका साथ एक गीतको म्युजिक ट्रयाक रहनेछन् भने सुसेली लाउने…..बोलको गीतको म्युजिक अडियो सङ्स नेपालबाट सार्वजकिन भइसकेको छ भने परदेशमा आइयो…. र पिउन बाँकी छ…. म्युजिक भिडियो विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा यूएईमै सुटिङ गर्ने गायक राईले बताएका छन्।

लोकआधुनिक, पप, लोकपप संगीतमोहले साधनाका साथमा विकल्पहरु खोज्न सिपालु राईलाई नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले दुबईको बसाइमा कहिले छाडेन।

पढाइ, करियर र जिम्मेवारीको बोझले राईलाई नेपालमै बस्न नदिए पनि रोजगारीको क्रममा यूएई आएका उनी परदेश पैसा कमाउने मात्र नभई नाम पनि कमाउने उत्तम थलो भएको बताउँछन्।

विद्यालयमा पढ्नमा भन्दा गीत गाउन सुन्न र चित्र बनाउनमा रुचि राख्ने राई साथीभाइलाई गीत सुनाएर मख्खै पार्दथे। उनको प्रतिभालाई चिनेर धेरैले काठमाडौँ जान सल्लाह दिए। उनी २०६० सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाउन सफल भएको सम्झन्छन्। रेडियो नेपालको आधुनिक स्वर परीक्षामा आफ्नै शब्द र संगीतमा घरिघरि पोखिन्छ आँसुसरि जीवन….बोलको गीत गाएर सहभागिता जनाएका थिए।





Comments

comments

Leave a Reply

7996