Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुनकोशी पहिरो पीडितलाई सहयोग गर्न गैरआवासीय नेपाली संघद्वारा अपिल

गैरआवासीय नेपाली संघको हार्दिक अपिल

मिति २०७१ श्रावण १७ गते विहान ३ बजे सुनकोशीको बहाबलाई नै थुन्ने गरी सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समितिको इटिनी भिरमा गएको पहिरोले निकै ठूलो क्षति पुराएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण नआएता पनि अहिले सम्ममा दर्जनौं घर पुरिएको, दर्जनौ व्यक्ति घाइते तथा सयौं जना व्यक्ति वेपत्ता भएका र हाल सम्म ९ जना व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएकोमा गैरआवासीय नेपाली संघ गहिरो दु:ख प्रकट गर्दछ।

यस प्राकृतिक प्रकोपबाट दिवंगत हुनु भएका व्यक्तिहरुका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्माहरुको चीरशान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दछ र यसका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ तथा बेपत्ता भएका व्यक्तिहरुको सकुशलताको लागि कामना गर्दछ।

बेपत्ता भएका तथा यस प्राकृतिक प्रकोपबाट प्रभावित भएका नागरिकहरुको चाँडो भन्दा चाँडो उद्धारको लागि नेपाल सरकारसंग गैरआवासीय नेपाली संघ हार्दिक आग्रह गर्दछ।

यस दु:खद घटनाबाट पिडित भएकाहरुको सहयोगको लागि विश्वभर फैलिएर रहेका गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक अपिल गर्दछ ।

शेष घले,
अध्यक्ष
अन्तर्राष्ट्रिय समन्वय परिषद,
गैरआवासीय नेपाली संघ ।
मिति : २०७१ श्रावण १९





Comments

comments

802