मिस नेपाल नर्थ अमेरिका २०२३ को तालिम सुरु…

विजय थापा । आगामी जुलाई २२ शनिबारका दिन न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२३ का अन्तिम १८ जना प्रतियोगीहरुको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ।

क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्पर्धामा भाग लिन सबै जना न्यूयोर्क गत जुलाई १६ कै दिन आई पुगेका थिए।

मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकोले उनले तालिम दिन सुरु गरेकी छिन्। अन्तिम समापन दिन अगाडिसम्म तालिम चल्ने छ।

मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्पर्द्धीहरु रहेका छन् । उनीहरुको बन्द शिविर (तालिम) सोमबार ,जुलाई १७ का दिन बिहानदेखि नै संचालन भएको छ । अन्तिम प्रतिस्पर्धाको लागि अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिनेछन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ।

यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की, मिरुना मगर, आयुषमान देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरेलगायतको उपस्थिति रहनेछ।

यस पटकको बिजेताले सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्द्धीको रुपमा भाग लिन पाउने छन्।





Comments

comments

80417