हङकङमा टाईफूनका सबै सिग्नलहरू रद्द, अर्को हप्ता फेरि टाईफून आउन सक्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई। हङकङ ओब्जरभेटरीले आज विहान टाईफूनका सबै चेतावनी संकेतहरू रद्द भएको जनाएको छ।

तर, अब्जर्भेटरीले आगामी साताको सुरुमा अर्को टाईफूनले हङकङमा अस्थिर मौसम ल्याउन सक्ने चेतावनीसमेत दिएको छ।

उष्णकटिबंधीय चक्रवात सामुद्रिक आँधी (टाईफून तालिम) का कारण झण्डै दुई दिन हङकङको जनजीवन प्रभावित भएको थियो।

सोमबार बिहान १२.४० बजे जारी गरिएको ८ नम्बरको सिग्नल झण्डै १६ घण्टासम्म कायम रहेको थियो। त्यसै दिन साँझ ४.२० बजे यसलाई ३ नम्बरले र मंगलबार बिहान २.४० बजे नम्बर १ ले प्रतिस्थापन गरेको थियो।

अब्जर्भेटरीले टाईफूनका सबै चेतावनीहरू आज विहान ८.४० मा रद्द गरेको हो।

टाईफूनको तीव्र हावा र भारी वर्षाको कारण विद्यालयका कक्षाहरू रद्द भएका थिए। केही उडानहरू अवरुद्ध भएका थिए भने धेरै कामदारहरू घरमै बस्न बाध्य भएका थिए।





Comments

comments

80432