हङकङमा टाईफूनका सबै सिग्नलहरू रद्द, अर्को हप्ता फेरि टाईफून आउन सक्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई। हङकङ ओब्जरभेटरीले आज विहान टाईफूनका सबै चेतावनी संकेतहरू रद्द भएको जनाएको छ।

तर, अब्जर्भेटरीले आगामी साताको सुरुमा अर्को टाईफूनले हङकङमा अस्थिर मौसम ल्याउन सक्ने चेतावनीसमेत दिएको छ।

–

उष्णकटिबंधीय चक्रवात सामुद्रिक आँधी (टाईफून तालिम) का कारण झण्डै दुई दिन हङकङको जनजीवन प्रभावित भएको थियो।

सोमबार बिहान १२.४० बजे जारी गरिएको ८ नम्बरको सिग्नल झण्डै १६ घण्टासम्म कायम रहेको थियो। त्यसै दिन साँझ ४.२० बजे यसलाई ३ नम्बरले र मंगलबार बिहान २.४० बजे नम्बर १ ले प्रतिस्थापन गरेको थियो।

अब्जर्भेटरीले टाईफूनका सबै चेतावनीहरू आज विहान ८.४० मा रद्द गरेको हो।

टाईफूनको तीव्र हावा र भारी वर्षाको कारण विद्यालयका कक्षाहरू रद्द भएका थिए। केही उडानहरू अवरुद्ध भएका थिए भने धेरै कामदारहरू घरमै बस्न बाध्य भएका थिए।





Comments

comments

80432