Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटै केटालाई तीन जना केटीले मन पराएपछि…

एचकेनेपाल डट कम –
विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन्। सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन्। यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ।

नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ। गायिका तायाहाङ्मा राईको ‘कोइ छ’ बोलको नयाँ म्यूजिक भिडियोमा यस्तो प्रेम कथा समावेश भएको हो। भिडियोमा गायिका स्वयंको समेत अभिनय रहेको छ।

यही भिडियोबाट रंग पत्रकारितामा विगत ६ वर्षदेखि सक्रिय रंगपत्रकार विशाल राईले मोडलिङमा डेब्यु गरेका छन्। चार युवतीसंग उनको रोमान्स भिडियोमा देख्न सकिन्छ। म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ। म्युजिक भिडियोमा स्वयं गायिका तायाहाङमा राईको पनि मोड्लिङ रहेको छ।

विशालको ३ मोडलसंगको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ। म्युजिक भिडियो निर्देशक नितिनका अनुसार गीत राम्रो भएकाले आफूले म्युजिक भिडियोमा फरकपन दिएको बताए।

गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडि दर्शकमाझ आएकी थिइन्। नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारिक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछि गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन्।

२०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन्।

यु आर स्टाइल इन्टरटेन्मेन्ट टिमले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन् भने नन्दा अधिकारीको मेकअप रहेको थियो । म्युजिक भिडियोमा नमित चन्दले एसिस्टेन डाइरेक्सन गरेका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

8046