श्रीमतीसंग ज्वाइँ लागेपछि ५ जनाको घाँटी रेटेर हत्या

अहिले गोदावरी नगरपालिकामा पर्ने बडिखेलको खेलगाउँनिवासी हिरालाल भन्ने भानु नगरकोटी, उनकी श्रीमती, दुई छोरी र एक छोराको उनकै जेठान चन्द्रबहादुर पहरीले हत्या गरेको रहस्य प्रहरीले शुक्रबार बाहिर ल्याएको छ। १२ वर्षअघि नगरकोटी परिवारका पाँचजनाको घाँटी रेटेर बीभत्स हत्या भएको थियो।

बहिनीज्वाइँ भानु र पहरीकी श्रीमतीको अवैध सम्बन्ध हत्याको प्रमुख कारण देखिएको प्रहरीले जनाएको छ। आफ्नी श्रीमतीसँग ज्वाइँको अनैतिक सम्बन्ध रहेको सहन नसकेर आफूले मदिराको नसामा बहिनीज्वाइँको परिवारकै हत्या गरेको पहरीले स्वीकार गरेका छन्।

मृतक नगरकोटी नेपाल राष्ट्र बैंक थापाथलीमा पियन पदमा जागिरे दिए। प्रहरीका अनुसार अभियुक्त पहरीका छोरी र श्रीमती प्राय: लगनखेलमै बस्ने गरेका थिए। कार्यालयबाट फर्किंदा नगरकोटी उनीहरूको डेरामा पुगेर मदिरा सेवन गर्ने गर्थे। उनीहरूबीच अवैध सम्बन्धसमेत रहेको चर्चा गाउँमा समेत बढेपछि पहरीले १६ असोज ०६० राति मासु काट्ने दाउले हानेर बहिनीज्वाइँका परिवारका पाँचजनाको हत्या गरेका हुन्। नयाँ पत्रिकामा समाचार छ।

‘बडिखेल हत्याकाण्डको प्रमुख कारण अनैतिक सम्बन्ध र मदिरा हो,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्, ‘आफूलाई ज्वाइँले राष्ट्र बैंकमा जागिर नलगाएको रिस पनि एउटा कारण देखिएको थियो ।’ चन्द्रबहादुरले आफूलाई राष्ट्र बैंकमा जागिर लगाउन आग्रह गरे पनि भानुले आफ्नै भाइलाई जागिर लगाएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

बडिखेलमै बस्ने पहरी तीन वर्षअघि चाँगुनारायणको झौखेलमा सरेका थिए। सानो घर बनाएर उनी श्रीमतीसँग बस्दै आएका थिए । ढोका बनाउने, टनेल निर्माण गर्ने, छाना बनाउनेजस्ता काम गर्दै आएका उनलाई शुक्रबार प्रहरीले चौथोपटक पक्राउ गरेको थियो।
‘हाम्रो टनेल बनाउनुपर्‍यो भन्दै उनलाई केही पर लग्यौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘नजिकैको प्रहरी चौकीमा पुर्‍याएपछि मात्र हामीले प्रहरी भएको जानकारी दिएका थियौँ।’

पक्राउ परेलगत्तै पहरीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरे । पछि ललितपुर प्रहरी परिसरमा भान्जीहरूलाई अगाडि राखेर प्रहरीले सोधपुछ गरेपछि उनले ढाँट्न सकेनन् । भानुका दुई छोरीको विवाह भइसकेको थियो । उनीहरूलाई अगाडि राखेर प्रहरीले घटनाबारे पहरीलाई सोधेको थियो।

‘५–६ दिनअघि तपाईंले आमालाई तँलाई सेतो कपडा लगाउने बनाउँछु कि तलाईं नै सिध्याउँछु भनेको हो कि होइन मामा ?’ कान्छी भान्जीले यसरी प्रश्न गरेपछि उनले यसपटक ढाँट्न सकेनन्,’ अनुसन्धानमा आबद्ध प्रहरीले भने, ‘त्यसपछि उनले भने– हो भान्जी मबाट गल्ती भयो, मैले नै मारेको हुँ ।’ घटना स्वीकार गरेसँगै पहरीले सबै कहानी प्रहरीलाई बताएका थिए।





Comments

comments

Leave a Reply

8155