यसरी मारिएका थिए कुमार घैंटे

यसरी मारिएका थिए कुमार घैंटे
एचकेनेपाल डट कम – २१ अगष्ट। प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ। गुण्डाहरुलाई पक्रदै जेल हाल्ने र नेताहरुको दबाबमा रिहा गर्नु पर्ने वाध्यताले टेन्सनमा रहेका प्रहरीले अब अर्कै छोटो बाटोको नीति अख्तियार गरेको छ।

इन्काउन्टरको नाममा ढिलोचाँडो पालैपालो डनहरुलाई सिध्याएर प्रहरीले समाजमा व्याप्त गुन्डागर्दीलाई निरुत्सािहत गर्ने बाटो अबलम्बन गर्दै छ। एरिया तोकेर प्रहरीले गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाईरहेको छ। यसरी पालोमा रहेकामा केही चर्चित गुण्डा रहेका छन्। भलै उनीहरु अहिले कथित समाजसेवामा लागेका वा पार्टीमा आवद्ध भएका वा भूमिगत अवस्थामा नै रहेका किन नहोउन्।

दिनेश अधिकारी चरीको इन्काउन्टरमा मारिएपछि माथिबाट केही दिन किचलो भएपनि विस्तारै घटना मत्थर भएको छ। चरीलाई पाखा लगाएपछि प्रहरीको मनोबल त बढ्यो नै। यसले सर्वसाधारणबाट वाहीवाही र स्यावसीसमेत पाएको छ।

केहीसमयदेखि प्रहरीको निगरानीमा रहेका कुमार घैंटे धेरैजसो पावरवाला नेताहरुको गाडीमा हुईकिने र उनीहरुको संरक्षणमा रहेर बचेपनि अन्ततः विहीवार प्रहरीको हातबाटै उनी मारिएका छन्।

प्रहरीले उनी इन्काउन्टरमा मारिएको दाबी गरे पनि घैंटेको घर वरीपरीको बाटो सिल गरेर प्रहरीले उनलाई सिध्याएका थिए। घैंटेलाई सिध्याउन प्रहरीलाई कम्तीमा ९ मिनेटभन्दा बढी समय लागेको थियो। त्यसबेला प्रहरी (साधा पोशाकधारीसहित) ले बाटो र सडकमात्र सिल गरेनन् कि त्यसक्षेत्रका सबै सटर, झ्याल, ढोका बन्द गराएका थिए।

सबै काम तमाम भएपछि मात्र कुमार घैंटे प्रहरीको जवाफी कारवाहीमा घाइते भएको जानकारी सार्वजनिक गराइएको थियो। बिहान साढे ११ बजेतिर मिडियावाला सामाखुसी कपुर धारास्थित घैंटेको घर पुग्दा उनी मरिसकेका भएपनि उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको थियो।

प्रहरीमाथि घैंटे समूहले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा घैंटै घाइते भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी गराएका थिए। तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइए पनि उपचारको क्रममा घैंटेको ज्यान गएको बताएको छ।

घैंटेको छाती र तिघ्रामा गरी ८ गोली लागेको थियो। प्रहरी कारवाहीमा घैंटेका दुई सहयोगी सुरेन्द्र महर्जन र कान्छा महर्जन पनि घाईते भएको बताए पनि घाईते दुबै दाजुभाइ घैंटेको समूहको सदस्य नभै छिमेकीमात्र रहेको जनाइएको छ। खुट्टामा गोली लागेका उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचार भइरहेको छ।


हेर्नुहोस् भिडियोहरुः
गुण्डा नाईके – डन कुमार घैंटे यसरी प्रहरीको कारवाहीमा मारिए हेर्नुहोस् भिडियो…
कुमार घैंटेको हत्या हो, इन्काउण्टर होइनः कांग्रेस नेता जगदिश नरसिंह केसी, हेर्नुहोस् भिडियो…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8123