प्यारालाइसिस सोममाया तामाङ गोलेलाई सहयोगको अपिल

बिनोद श्रेष्ठ, राम ढुंगेल / एचकेनेपाल डट कम –
युएई। बिगत ३ महिनादेखि शरीरको कुनै पनि अंग नचल्ने रोग (प्यारालाइसिस) ले थला परेकी काभ्रेपलान्चोक गोकुले ७ की सोममाया तामाङ् गोलेको उपचारार्थ युएईमा रहेका सामाजिक संघ सस्था तथा नेपालीहरूले अार्थिक संकलन तिब्र बनाएका छन्।

१३ महिनाअघि शिखर म्यानपावरबाट युएई छिरेकी गोले भर्खरै अलएनको जिमी अस्पतालबाट नेपाल पठाइएको छ। ३ महिनापछि उनलाई नेपाल पठाइएको हो। अार्थिक कमजोरीले रोजीरोटीका लागि युएईको एम.एबी.एम क्लिनिङ कम्पनिमा काम गर्दै आएकी तामाङ् ३ महिना पहिले नै स्वास्थ्यमा समस्या देखिएपछि चेक अपको लागि अलएनस्थित अल जिमी अस्पताल लगिएको थियो। अस्पतालले प्यारालाइसिस भएको प्रमाणित गरेपछि उपचार जटिल बन्दै गयो।

शरीरको तल्लो कुनै पनि भागले काम गर्न सक्दैन। बोल्न पनि गार्हो भएको छ। तामाङ समाज युएईका केन्द्रिय सदस्य तथा सोममाया तामाङ् गोले सहयोग अभियानका संयोजक सुनिल लामाले भने। कम्पनीले उपचारार्थ ३ लाख यूएइ दिराम खर्च गरिएको बिल भरपाई भए पनि उचित लाभ बिरामीले पाउन नसकेको बँताउछन्। दैनिक एक दर्जन भन्दा बढी सामाजिक संघ सस्थाका प्रतिनिधि तथा नेपालीहरूले उनको स्वास्थ स्थितिबारे जानकारी लिन अस्पताल अाउने गरेको उनको भनाइ छ।

उनले सामाजिक संजाल तथा फेसबुकमार्फत गोलेको सहयोगको लागि सबैमा अपिल पनि गरेका छन्। स्वास्थ्य स्थिति नाजुक रहेको र अार्थिक कमजोरीले गर्न सक्ने उनीबाट आश्रित परिवारको समेत छाक टार्न परेको छ। नेपालमा उपचारको लागि धेरै पैसा लाग्ने भएकोले बिषेश सहयोग गर्नु पर्ने बताए।

त्यसैलै बिशेष गरी युएईमा कार्यरत सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूले निम्न ब्याक्तिहरूलाई सम्पर्क गरी सहयोग गरीदिन समेत बिनम्र अनुरोध गरेका छन्।

सहयोगको लागि निम्न ब्यक्तिहरुसंग सम्पर्क गर्नु होस् ।
१) सुनिल लामा ०५०३२६६३१३
२) शैलेश लामा ०५५६१०६२०३
३) बिनोद लामा ०५५४२४०२०८





Comments

comments

Leave a Reply

8119