Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनकारी छिरिङ्, जो समाज सेवालाई आफ्नो कर्तव्य र धर्म ठान्नुहुन्छ

काठमाडौं । सोलुखुम्बुमा जन्मनुभएका छिरिङ् शेर्पा यतिबेला अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । उहाँ त्यहाँको सफल व्यवसायी त हुनुहुन्छ नै सँगै खुल्ला दिन भएका प्रथम कोटीका समाजसेवी पनि। बैशाख १२ गते गएको महाभूकम्पले सिँगो मुलुक र मुलुकबासी रोइरहेका बेला अमेरिकामा रहेका यी नेपाली छोराको मन किन मान्थ्यो र? त्यसैले उहाँ पनि धुरुधुरु रोयो।

महाभूकम्प गएलगत्तै उहाँले नेपालमा रहेका आफ्ना आफन्त, घरपरिवार, साथीभाई, इष्टमित्र अनि हिमालदेखि तराईसम्ममा नेपाली बुबाआमा दाजुभाई दिदीबहिनीलाई सम्झनुभयो । समाजसेवी न पर्नुभयो, रोएर कमजोर भएर चुपलागेर बस्न सक्ने त कुरै आएन । सिँगो राष्ट्रलाई परेको शोकलाई शक्तिमा बदल्ने अठोट लिएर उहाँ अघि बढ्नुभयो । अनि उहाँले आफू आबद्ध भएको हिमालयन शेर्पा क्लव सोनोमो, शेर्पा एसोसियसनलगायतका संस्था र केही मनकारीहरुसँग नेपाल र नेपालीको पीडामा मल्हम लगाउने विषयमा कुरा राख्नुभयो।

तत्काल हिमालयन शेर्पा क्लव सोनोमोका तर्फबाट नेपालका भूकम्पपीडितको उद्दार तथा राहतका लागि १ लाख ४० हजार रुपैयाँ प्राप्त भयो । यस्तै शेर्पा एसोसिएनि अफ क्यालिफोर्नियाबाट ६० लाख नेपाली रुपैयाँ प्राप्त भयो । सँगै हिमालयन शेर्पा किचेन (जुन समाजसेवी छिरिङ्गकै रेस्टुरेन्ट हो) त्यहाँबाट उहाँले ८ लाख रुपैयाँ जम्मा गर्नुभयो अनि न्यूयोर्क लङ् आइसल्याण्ड बस्ने सुनिता र उहाँको परिवारका तर्फबाट २ लाख रुपैयाँ सहित उठेको सबै रकम भूकम्पपीडितकै उद्धार र राहतका लागि खर्च भयो । भूकम्पको पीडामा छट्पटिइरहेका नेपालीहरुको पीडामा महल्ह लगाउन उहाँले नेपालमा पाइला टेक्नेवित्तिकै शुरु गरिहाल्नुभयो । २५ लाख रुपैयाँ उहाँले आफ्नै हातले बाँड्नुभयो ।

भूकम्पपछिको दौरानमा उहाँले ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, रसुवा, मनाङ्ग, मुस्ताङ, दोलखालगायतका जिल्लाका भूकम्पपीडितहरुको ध्वस्त गाउँ बस्तीमा पुगेर विभिन्न खाले राहत सामग्री वितरण गर्नुभयो । भूकम्प गएको ५ महिना वितिसक्दा पनि छिरिङ्ग थाक्नुभएको छैन । उहाँले भदौको पहिलो साता पनि राजधानी काठमाडौंका विभिन्न वृद्धाश्रम, अनाथ आश्रम, नुवाकोटको यशोदादेवी भगवान्सिंह मेमोरिएयल ट्रस्ट र उत्तरी धादिङ्गका भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेर आफूलाई उत्कृष्ट समाजसेवीको रुपमा परिचित गराईसक्नुभएको छ।

आफ्ना छोराछोरी र घर परिवारबाट बृद्धाश्रममा पु-याइएका राजधानीको चलपीका करिब २५ जना बृद्धबृद्धालाई उहाँले आफ्ने हातले खाना खुवाउनुभयो, जतिबेला उमेरले ७० काटेका बयोबृद्ध आमाहरु उहाँको टाउकोमा हात राखेर उहाँलाई आर्शिवाद दिइरहनुभएको देखिन्थयो । यतिमात्र होइन, राजधानीको नयाँबजार छेउमा रहेका करिब ३ सय जना अनाथ बालबालिकालाई उहाँले गराउनुभयो । उहाँको त्यो समाजेवालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले पनि राम्रैसँगै समेट्न भ्याए।

छिरिङ्ग हेर्दा जति सरल र भलाद्मी देखिनुहुन्छ उहाँको व्यवहार त्यो भन्दा पनि सरल र सहज छ। सँधै हँसिलो र उज्यालो अनुहारमा देखिने छिरिङ्गजस्ता निष्कलंक र निष्कपट समाजसेवी यतिबेला सिँगो नेपाल र नेपालीले खोजि गरिरहेका छन् । भूकम्पपीडितका लागि प्राप्त आर्थिक तथा अन्य भौतिक सामग्रीमा चरम भ्रष्टाचार भै रहेको खबर सार्वजनिक हुँदा एकजना समाजसेवी शेर्पाको यो समाजसेवाको बहुआयाम ती भ्रष्टहरुको लागि गतिलो पाठ बनेको छ। त्यसैले नाममात्रको समाजसेवी होइन कर्मले नै समाजसेवी बन्ने कोशिषमा लाग्ने हो भने छिरिङ्ग शेर्पाको पथलाई पछ्याउनुको विकल्प देखिन्छ।





Comments

comments

Leave a Reply

8117