Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको सबै ठाउंमा ‘फ्रिडम’ छैन

विश्वका आममान्छे ठान्छन्, अमेरिकामा जिउने तरिका निकै खुला छ। त्यहाँका मान्छेले व्यक्तिगत जीवन जिउने सवालमा कसैको धक मान्नुपर्दैन। तर, यो कुरा गलत हो। अमेरिकामा केही यस्ता नियम/कानुन छन्, जुन कुराले तपाईं अचम्मित हुनुहुनेछ। तपाईंले सोच्नै नसक्ने पुराना नियम/कानुन अमेरिकाका केही प्रान्तमा अहिले पनि लागू छन्।

श्रीमानको अनुमतिविना कपाल काट्न मनाही
मिसिगन राज्यका विवाहिता महिला आफूले चाहेर मात्रै कपाल काट्न पाउँदैनन्। श्रीमानको अनुमतिविना कपाल काट्नु यहाँ कानुनको विपक्षमा हुनेछ।

रौ नखौरिएर बाहिर हिड्ने महिलामाथि कारबाही
न्युमेक्सिकोको क्यारिजोजोमा कोही महिला गोडालगायत ठाउँका रौँ देखिने गरी बाहिर निस्किए दण्डित हुनुपर्नेछ। यहाँका महिलाले रौँ खौरिएर मात्रै बाहिर हिँड्नुपर्ने नियम छ। यदि रौँ नखौरिने हो भने ती महिला घरभित्र बस्नुपर्नेछ।

पुरुष–महिलाका भित्री बस्त्र एकैसाथ सुकाउन बन्देज
अमेरिकाको मिनेसोटा राज्यमा पुरुष र महिलाका भित्री कपडा एकैसाथ सुकाउन नपाइने नियम छ। यदि कसैले यस्तो गरेमा पक्राउ गर्ने र दण्ड दिने प्रावधान छ।

केटीले बिहेको प्रस्ताव गर्न पाउँदैनन्
डेलावेयर प्रान्तमा केटीले बिहेको प्रस्ताव गर्न पाउँदैनन्। केटाले मात्रै बिहेका लागि केटीसमक्ष प्रस्ताव गर्न पाउँछन्। यदि कोही केटी बिहेका निम्ति केटासमक्ष प्रस्ताव राख्छिन् भने त्यो कानुनको खिलापमा हुनेछ।

अग्लो हिल भएको चप्पल लगाउन प्रतिबन्ध
क्यालिफोर्नियाको कार्मेल सहरमा अग्लो हिल भएको चप्पल लगाउन प्रतिबन्ध छ। हिल चप्पल लगाउन प्रतिबन्ध गर्नुको पछाडि एउटा कारण छ। यहाँका सडक हाई हिल लगाएर हिँड्न नसक्ने खालको भएकाले यस्तो नियम राखिएको हो। (नयाँ पत्रिका)





Comments

comments

Leave a Reply

8199