Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राईलाई ‘नइ धनरूप पुरस्कार’

एचकेनेपाल डट कम –
झण्डै आधा शताब्दीसम्म शिक्षण सेवामा संलग्न रहँदै नेपाली भाषा साहित्यमा समेत समर्पित गणेशबहादुर राईलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गरिएको छ।

रूपनारायण प्रसाई र धनमाया प्रसाईका सम्मानमा स्थापित यो पुरस्कार काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषाको सेवा गर्ने साधकलाई प्रदान गरिदै आएको छ।

राईको निवास्थान भक्तपुरको कटुञ्जेमा पुगेर ९० वर्षीय समाजसेवी रूपनारायण प्रसाईले ताम्रपत्रसहित बीस हजार रूपियाँ राशिको पुरस्कार प्रदान गरेका हुन्। ७८ वर्षीय राई प्यारालाइसिसका कारण गत बर्षदेखि थला परेका छन्।

राईले ताप्लेजुङको शिक्षासेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी ५ वर्षसम्म हङकङमा पनि शिक्षण सेवामा संलग्न थिए। उनी नेपाली र अङ्ग्रेजी दुबै भाषाका साहित्यकार मानिन्छन्। उनका तीन ओटा कृति प्रकाशित छन्। उनी नेपाल सरकारको भानुभक्त पुरस्कारका साथै त्रिमूर्ति पुरस्कारबाट सम्मानित भैसकेका छन्।





Comments

comments

Leave a Reply

8203