Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज जनैपूर्णिमा, रक्षाबन्धन र बुद्धले कामशक्तिमाथि विजय गरेको दिन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २ भाद्र। आज जनैपूर्णिमा, तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने परम्परा रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ भनिएको हो। जनैपूर्णिमाका तीनपक्ष रहेको छ– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी।

हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्छन्।

नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु–पुन्ही’ भनी मनाइने परम्परा छ। आजका दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ।

आजकै दिन सिद्धार्थ गौतमले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख छ। यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्छ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ।





Comments

comments

Leave a Reply

8254