कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा सामूहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

प्रवासमा रहेका महिला दिदीबहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो।

शनिबार सांझ ५ बजेदेखि राती ९ बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा दिदीबहिनी दाजु भाईहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमा माईतीका तर्फबाट कोलोराडोमा सक्रिय संस्था तमु पेलुका अध्यक्ष चक्र गुरुङले उपस्थित दिदीबहिनीहरुलाई तिज पर्वको उपलक्ष्यमा स्वागत गरेपछि शुरु भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन। त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र क्रियाकलापबारे प्रकाश पारेकी थिईन् । उनले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन सहयोग पुग्ने बताउदै कार्यक्रम सफल बनाउन तन मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन्।

सन् २०१७ देखि कोलाराडोका दिदीबहिनीहरु संगठीत भएर बिभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक सहयोग तथा महिला हकहितका लागी निरन्तर अग्रशर हुदै अ।एको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडो यस बर्ष औपचारिक रुपमा दर्ता भई 501(C) समेत प्राप्त गरिसकेको छ ।

यसरी संस्थाले आर्थिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरद्धारा आयोजित नेपाली भाषा शिक्षा पाठशालाको लागी संस्थाका अध्यक्ष राजु सीटौलालाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । त्यसैगरी संस्थाले दुवै मृगौला पीडित धादिङ जिल्ला ज्वालामुखी गाउंपालीका ३ जन्म घर र सिद्धलेक गाउपालिका ७ कर्म घर भएकी शिलाभट्ट खतिवडाको उपचारार्थ नगद सहयोग पीडितका दाजु नातिबाबु भट्टलाई हस्तातरण गरिएको थियो।

दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न नृत्य प्रतियोगिता तथा राफल चिट्टाको कार्यक्रम समेत राखिएको थियो । जसमा राफल चिट्टा प्राप्त गर्ने ३ दिदीबहिनीलाई साडी पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी नृत्य प्रतियोगीतामा विजयी दिदीबहिनीलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । यसरी प्रथम, द्वितीय र तृतीय भई सम्मानित हुनेहरुमा क्रमश श्रेया पराजुली, रितीका शर्मा र शुष्मा थपलिया तथा कालीमयां रहेका थिए । कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले नाचगान गर्दै दिदीबदिनीहरु आफैले तयार पारेको सेलरोटी, खिर, दहि लगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरी तिज मनाएका थिए।

कार्यक्रम एनआरएन कोलोराडो च्याप्टरको हालै निर्वाचित सचिव संगीता लामा लामिछानेले संचालन गरेककी थिईन्। समारोहमा तमुपेलुले माइतीको तर्फबाट कोशेली हस्तान्तरण गरेको थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोगगर्ने अन्य सहयोगी संघ संस्था तथा दाताहरुको नाम पढेर सुनाईएको थियो।





Comments

comments

82910