बेलायतमा अर्को साता नेपाली मेला हुने..

लन्डन । तमु धिं युकेको आयोजनामा बेलायतमा १४ औं नेपाली मेला हुँदैछ।

आगामी आइतबार (२७ अगस्त) मा केम्प्टन पार्कमा हुने मेलाको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमा जनायो।

मेला संयोजक परशु गुरुङले नेपाली भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवन्त राख्ने उद्देश्यले नियमित रुपमा हुँदै आएको नेपाली मेलालाई यसपालि पनि निरन्तरता दिइएको बताए । मेलाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनायो।

मेलामा विभिन्न झाँकी प्रदर्शन गरिनेछ। झाँकीमा नगदपुरस्कारको व्यवस्था समेत रेको तमु धिं युके अध्यक्ष हरि गुरुङले बताए। युवालाई प्रस्तुतिका लागि समेत समय व्यवस्थापन गरिएको छ।

मेलामा ३२ संघसंस्था र समुदायको झाँकीको सहभागिता रहनेमेलाको १० हजार जनाले अवलोकन गर्ने अनुमान छ । मेलामा रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरी ३७ वटा स्टलहरु दर्ता भइसकेका छन्।

तमु धिं यूकेले २००९ सालदेखि निरन्तर रुपमा यो नेपाली मेलाको आयोजना गर्दै आएको हो। ‘स्वदेशबाट हामी हजारौं माइलको दूरीमा रहे तापनि हामी हाम्रो भाषा, भेषभुषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई सजीव राख्ने उद्देश्यले बेलायती भूमिमास्थापना गरिएका बिभिन्न संघसंस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला जस्ता विशाल कार्यक्रमको आयोजना गर्न सक्षम भएका छौं,’ तमु धिं युके अध्यक्ष हरि गुरुङले भने।

मेला तयारीका लागि करिब ७० जना आयोजक समितिको सहकार्यमा कामभइरहेको छ । साथै विभिन्न उपसमिति गठन गरिएको छ।





Comments

comments

82914