Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन समातिए त आङकाजी शेर्पा?

काठमाडौं: जातीय सद्भाव विग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा प्रहरीले आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई बौद्धबाट पक्राउ गरेको छ।

संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। शेर्पालाई बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आयोजित एक कार्यक्रमस्थलबाट अपराध महाशाखाका सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन्।

उनले पछिल्लो समय शेर्पाको बाहुल्यता रहेको क्षेत्रमा आन्दोलन चर्काई जातीय द्धन्द्व बढाउन खोजेको सूचना प्रहरीले पाएको थियो। शेर्पा बाहुलक्षेत्रमा आन्दोलन चर्काउने तयारीका लागि उनी बौद्धमा बैठक गरिरहेका थिए।

बौद्धमा बिहान ११ बजेदेखि बसेको बैठक २ बजे दिउँसो सकिएपछि उनी पक्राउ परेका हुन्। बैठकस्थलबाट मोटरसाइकलमा निस्कन लागेका उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी हिरासतमा लिएको समाचार अन्नपूर्णपोष्टले छापेको छ।

अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उछृंखल अभिव्यक्ति दिँदै हिँडेकाले शेर्पालाई पक्राउ गरिएको जानकारी दिए ।

शेर्पाले पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा जातीय सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिँदै हिँडेपछि उनीमाथि प्रहरीले निगरानी गरिरहेको थियो।

आङकाजी शेर्पा पक्राउ (Audio Report)





Comments

comments

Leave a Reply

8321