Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तरुणीको फोटो खिच्दा कोरियाबाट फिर्ता

इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ।

गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन्। सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो। सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको समाचार कारोबार दैनिकले छापेको छ।

सिन्धुलीका एक युवक महिलामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन्। खाने खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशील अंग छोएको आरोप छ। त्यस्तै १६ महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ। उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको फोटो खिचेका थिए।





Comments

comments

Leave a Reply

8317