Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यूएईको बालुवामा फक्रिएकी मेनुषा !

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ,
सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल !

कविवर माधब प्रसाद घिमिरेले लेखेको शाश्वत सत्य बोकेको यो उक्तिलाई पछिल्लो समय यूएईको कलाकारिता जगतमा चम्कदैं गएकी मेनुषा तामाङले पनि चरितार्थ गरिदिएकी छिन्।

नुवाकोटको स्थायी बासिन्दा मेनुषा वैदेशिक रोजगारीको क्रममा विगत तीन वर्षदेखि यूएईको अल ऐन शहरमा कार्यरत छिन्। नृत्य र मोडलिङलाई आफ्नो सोख बनाएकी उनले यी दुबै क्षेत्रमा उत्तिकै पोख्त पनि छिन्। प्रवासको ब्यस्त समयको बाबजुद यहाँ आयोजना हुने अधिकांश कार्यक्रममा उनको सक्रियता र सहभागिता त देखिन्छ नै यहीं रहेर पनि उनले करीब आधा दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन्। यूएईमा आयोजना हुने नेपाली कार्यक्रमका अधिकांश स्टेजहरुमा उनको उपस्थिति अपरिहार्य जस्तै भएको छ । दर्शकको मनोभावना बुझेर मौलिक र आधुनिक दुबै नृत्य प्रस्तुत गर्न सक्ने उनलाई आकर्षक शरीर र उज्वल मुहारले पनि उस्तै साथ दिएको छ।

सानैदेखि नै नाँच्ने गाउने कुरामा रुचि रहेको बताउने उनी नेपालमा रहँदा पनि विभिन्न कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेको दाबी गर्छिन्। हँसमुख स्वभाव र सहयोगी मनले सबैको मनमा राज गर्न उनिलाई थप सहयोग पुर्याएको छ। नेपाली चेलिहरु बिदेश आएपछि नेपाली पुरुषसँग बोल्न मान्दैनन् भन्ने आम आरोपका बिच उनी त्यस्तो अपवाद पात्र हुन्, जो पहिलो भेटमा नै सबैलाई दाजुभाइको अपनत्व महशुस गराइदिन्छिन्।

हालै मात्र प्यारालसिस रोगबाट ग्रस्त नेपाली चेली सोममाया तामाङको सहयोगार्थ उनको सक्रियता उठाइएको ८५ हजार रुपैयाँ भन्दा बढीको सहयोगले उनको सहयोगी मनको जाहेरी दिन्छ। नजिकिदो तीजको अवसरमा आयोजना हुन लागेका विभिन्न कार्यक्रमको लागि ब्यस्त मेनुषाको दौडधुप देख्दा नेपाली कलाकारिताको क्षेत्रमा उनको भविष्य स्वर्णिम हुने अनुमान गर्न सकिन्छ।


जे.सागर, राम ढुंगेल / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

8314