Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भड्किलो तस्बिर खिच्दा पनि मन बहकिदैन: फोटो पत्रकार राजिव श्रेष्ठ

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नेपालका ख्यातिप्राप्त फोटो पत्रकार हाल अमेरिकामा छन्। उनी नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको लागि निम्ता पाएर आएका हुन्।

मिस नेपाल युएस प्रतियोगिताका उनी आधिकारिक फोटो पत्रकार तथा फोटो जेनिकका निर्णायकसमेत थिए। नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको जिम्मेबारी पुरा गरिसकेपछि उनी अहिले घुमघाममा व्यस्त छन्।

सबैको सपनाको संसार अमेरिकाबाट आफू पनि लोभिएको बताए। न्युयोर्क घुमेपछि मक्ख छन् उनी। न्युजर्सीमा आयोजना भएको ईन्जिनियर्स (अभियन्ता)हरुको सम्मेलनमा श्रेष्ठसंग छोटो भाला कुसारीमा उनले आफ्नो दाई बलिवुडका ख्यातिप्राप्त फोटो पत्रकार राकेश श्रेष्ठ भएको बताए।

दाईसंग सिकेर त्यहि बस्न सक्थे तर मुम्बई छोडेर केही गरेर देखाउन नेपाल फर्केको उनले बताए। चलचित्र क्षेत्रमा फोटो पत्रकारिताको अहम भूमिका भएको बताउने श्रेष्ठले मुम्बईमा ५ बर्षको तालिम लिएर निरन्तर त्यही काममा ३ दशक बिताएको बताए। तर अहिले यही पेशाबाट जीवन गुजार्न निकै गार्हो रहेको उनले बताए।

चलचित्र क्षेत्र अलिक ग्लामर (मोहकता ) हुन्छ। सबै प्रकारको तस्बीर खिच्नु पर्ने पनि हुन्छ। एक छायाचित्र पत्रकार भएकोले कस्तो अनुभूति गर्नु हुन्छ भन्ने जिज्ञासामा राजिवले भने म एउटा ब्यबसायिक फोटो पत्रकार हुं मेरो काम तस्बिर खिच्ने हो। छायाचित्र कैद क्यामारामा गर्नु पर्छ। उनले निर्धक्क साथ भने आफूले तीजमा फरिया लगाएकोदेखि निर्वस्त्र तस्वीर पनि खिचेको बताए। त्यो मेरो पेशा हो। त्यो खिच्न निकै अप्ठ्यारो हुन्छ। कुनै प्रकारको कुनै नकारात्मक भावना आउदैन, मन बहकिदैन किनभने मेरो कलाकारिता त्यहाँ झल्किन्छ।

कुराकानी गर्ने क्रममा अमेरिकाको पहिलो भ्रमण हो भन्दै आफू सिंगापुर, हंगकंग, दुबई देश घुमे पनि अमेरिकाले मन छोएको श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

8343