Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बलिउड संगीतकार आदेश श्रीवास्तवको क्यान्सरबाट निधन

बलिउडका प्रसिद्ध संगीतकार तथा गायक आदेश श्रीवास्तवको क्यान्सरबाट शनिवार निधन भएको छ।

५१ वर्षीय श्रीवास्तवको राति १२:३० बजे निधन भएको जनाइएको छ। उनको मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन्। उनी ४० दिनदेखि सोही अस्पतालमा उपचाररत थिए।

सन् २०१० मा पहिलोपटक क्यान्सर पत्ता लागेपछि उनलाई अमेरिकामा उपचार गराएको थियो। अमेरिकाबाट फर्केपछि गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको थियो।

उनलाई केमियोथेरापी दिइए पनि कुनै असर नगरेपछि चिकित्सकहरुले केमियो दिन बन्द गरेको थिए। सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका श्रीवास्तवको जन्म दिनको दिनमै मृत्यु भएको जनाइएको छ।

उनले बलिउडमा १०० भन्दा बढी फिल्ममा संगीत दिएका छन्। उनले ‘‘चलते चलते’’, ‘‘बाबुल’’, ‘‘बागवान’’, ‘‘कभी खुशी कभी गम’’, ‘‘राजनीति’’ जस्ता थुप्रै चर्चित फिल्महरुमा संगीत दिएका थिए। उनले बलिउड अभिनेत्री विजेता पंडितसँग विहे गरेका थिए। उनका दुई छोरा रहेका छन्।

आदेश श्रीवास्तवद्वारा संगीतबद्ध चर्चित गीतहरुमध्ये एक गीत





Comments

comments

Leave a Reply

8339