Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन भासिन्छ पोखराको जमिन ?

पोखरा, ४ मंसिर ०७० मा पोखराको अर्मलास्थित गोगीमणि मार्गको ठूलीबेसीफाँटमा एकाएक जमिन भासियो। त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो। तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो। अर्मलामा भने निकै ठूला भ्वाङ परे। एकै स्थानमा धेरैवटा भ्वाङ परेपछि सर्वसाधारण त्रसित हुन थाले।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन्। विशेषगरी पोखराका नदीपुर, नयाँबजार, न्युरोड क्षेत्र, लेकसाइड, छोरेपाटन, चाउथे, विन्ध्यावासिनी, हेम्जा, अर्मला, फुलबारीलगायत क्षेत्र कमजोर रहेको बताइएको छ। ती स्थानमा बेला–बेला जमिन भासिने गरेका छन्।

पोखराको जमिनमुनि कमेरो माटो छ। बर्षामा कमेरो माटो बगेर जाने गर्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन्। भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ।

विशेषगरी वर्षा लागेपछि जमिन भासिने गरेको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष पोखरा आसपास अझ बढी जमिन भासिएका छन्।


फाईल फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

7557